Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारको ओरालो यात्रा जारी, परिसूचक १९ अंकले घट्दा ९ अर्बको कारोबार

अर्थ संसार

आइतबार, १८ माघ २०८२, १४ : ४५ मा प्रकाशित

सेयर बजारको ओरालो यात्रा जारी, परिसूचक १९ अंकले घट्दा ९ अर्बको कारोबार

साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज सेयर बजार परिसूचक १९.८५ अंकले घटेर २६९४.२० विन्दुमा पुगेको हो । 

आज सेयर बजारमा २०१ कम्पनीको सेयर मूल्य घटेको छ भने ५० कम्पनीको मात्रै बढेको छ । त्यस्तै आज ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि २.७६ अंकले घटेर ४५९.९१ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने एउटाको मात्रै बढेको छ । 

परिसूचक घटेको दिन कारोबार रकममा पनि गिरावट आएको छ । गत बिहीबार साढे १४ अर्ब माथिको कारोबार भएको बजारमा आज भने ९ अर्ब माथिको मात्रै कारोबार भएको छ । आज ३२९ कम्पनीका २ करोड २० लाख ६० हजार ४५४ कित्ता सेयर १ लाख १० हजार ७२८ पटक खरिद बिक्री हुँदा ९ अर्ब १० करोड ९४ लाख ५७ हजार २७८ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको