सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आवेदन प्रक्रिया पुनः सुचारु भएको छ । अंकित मूल्यमै त्रुटि देखिए पछि रोकिएको आईपीओ समस्या समाधान गरेर पुनः सुचारु भएको हो ।
सेयर निष्कासन क्रममा मूल्यसम्बन्धी त्रुटि देखिएपछि सीडीएस एन्ड क्लियरिङ लिमिटेडले ‘मेरो सेयर’ प्रणालीबाट उक्त कम्पनीको आईपीओ हटाएको थियो । निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी पाएको कुमारी क्यापिटल लिमिटेडका अनुसार, सी–आस्वा प्रणालीमा सेयरको अंकित मूल्य गलत रूपमा प्रविष्ट हुँदा समस्या उत्पन्न भएको हो । प्रतिकित्ता सेयरको मूल्य १०० रुपैयाँ हुनुपर्नेमा प्रणालीमा १० रुपैयाँ मात्र देखिएपछि आवेदन दिनलाई रोकिएको थियो ।
उक्त त्रुटि सच्याउन अहिले पुनः आईपीओमा आवेदन सुचारु भएको क्यापिटलले जनाएको छ । समस्या आएको समयमा आवेदन दिएकाहरुको आवेदन रद्द भएको र पुनः आवेदन दिनका लागि अनुरोध गरिएको छ । कम्पनीले सर्वसाधारणका लागि ५ लाख ७२ हजार ४३१ कित्ता सेयर जारी गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस