Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा सामान्य अंकको सुधार, कारोबार ८ अर्बमा सिमित

अर्थ संसार

सोमबार, १९ माघ २०८२, १५ : ०८ मा प्रकाशित

सेयर बजारमा सामान्य अंकको सुधार, कारोबार ८ अर्बमा सिमित

साताको सेयर कारोबार हुने दोस्रो दिन सेयर बजारमा सामान्य सुधार भएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से आज १.५३ अंकले बढेको हो । 

आजको कारोबार बन्द हुँदा परिसूचक २६९५.७३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३४ कम्पनीको सेयर मूल्य घटेको छ भने ११४ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै आज १३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । 

त्यस्तै आज सेन्सेटिभ इन्डेक्स भने ०.७५ अंकले घटेर ४५९.१६ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य घटेको छ भने ५ वटाको बढेको छ । परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । आज ३३० कम्पनीका १ करोड ७५ लाख ७ हजार ७७६ कित्ता सेयर ९१ हजार ६१ पटक कारोबार हुँदा ८ अर्ब २२ करोड ३९ लाख ६५ हजार ६६८ रुपैयाँको कारोबार भएको छ । 

आज सेयर बजारमा ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको