साताको सेयर कारोबार हुने तेस्रो दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक १२.५८ अंकले घटेर २६८३.१५ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा १९० कम्पनीको सेयर मूल्य घटेको छ भने ६६ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै आज ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज सेन्सेटिभ इन्डेक्स पनि २.४५ अंकले घटेर ४५६.७१ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये १० वटाको मूल्य घटेको छ । ३ वटाको मूल्य बढेको छ ।
परिसूचक दोहोरो अंकले घटेको दिन सेयर बजारमा साढे ८ अर्ब माथिको कारोबार भएको छ । आज ३२२ कम्पनीका १ करोड ८७ लाख ३ हजार १८३ कित्ता सेयर ९२ हजार ३३८ पटक खरिद बिक्री हुँदा ८ अर्ब ६३ करोड १५ लाख १२ हजार ५४२ रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजारमा २ कम्पनीमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस