Like us!
Follow us!
Connect us!
Watch us!

सन नेपाल लाइफकाे नाफामा झिनो सुधार, इपीएस कति ?

अर्थ संसार

बुधबार, २१ माघ २०८२, ०७ : ४४ मा प्रकाशित

सन नेपाल लाइफकाे नाफामा झिनो सुधार, इपीएस कति ?

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा सामान्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा १.११ प्रतिशतले नाफा बढेको हो । 

चालु आर्थिक वर्षको ६ महिनासम्मको अवधिमा कम्पनीले २८ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । कम्पनीले गत आर्थिक वर्षको ६ महीनासम्म २८ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको आम्दानीमा बढोत्तरी भएकोले नाफा बढ्नमा टेवा पुगेको देखिएको छ । 

गत आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीले २ अर्ब १८ करोड ६२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा त्यसको तुलनामा चालू आवको पुस मसान्तसम्म ३.६४ प्रतिशतले वृद्धि भई २ अर्ब २६ करोड ५८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको वित्तीय विवरणले देखाएको छ । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानीमा भने गिरावट देखिएको छ । कम्पनीको कुल आम्दानी २ अर्ब ९४ करोड २० लाख रुपैयाँबाट ११.२२ प्रतिशतले घटेर २ अर्ब ६१ करोड २० लाख रुपैयाँमा झरेको छ । आम्दानी घटेपछि कम्पनीले खर्च पनि घटाएको छ । कम्पनीको कुल खर्च २ अर्ब ६६ करोड रुपैयाँबाट १३.५८ प्रतिशतले घटेर २ अर्ब २९ करोड ८६ लाख रुपैयाँमा झरको छ ।

त्यसैगरी समीक्षा अवधिमा कम्पनीको जीवन बीमाकोषको आकार ८ अर्ब ९६ करोड ९४ लाख रुपैयाँबाट बढेर ११ अर्ब ४ करोड ७९ लाख रुपैयाँ नाघेको छ भने प्रतिसेयर आम्दानी १४.२५ रुपैयाँबाट घटेर ११.३० रुपैयाँमा झरेको छ । कम्पनीको सोल्भेन्सी मार्जिन रेसियो २.३३ प्रतिशतबाट बढेर २.४३ प्रतिशत कायम भएको छ । प्रतिसेयर नेटवर्थ १४७.२८ रुपैयाँ रहेको यस कम्पनीले ६ महीनामा बीमा पोलिसी रिन्यू गरी १ अर्ब ५६ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पुँजी ५ अर्ब ३ करोड १२ लाख रुपैयाँ रहेको यस कम्पनीको सेयर प्रिमियम १ अर्ब ३० करोड २२ लाख रुपैयाँ, महाविपत्ति कोषमा २३ करोड ६१ लाख रुपैयाँ, जगेडा कोषमा ५४ करोड ८५ लाख रुपैयाँ र अन्य इक्विटीमा २९ करोड २० लाख रुपैयाँ सञ्चित रहेको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको