Like us!
Follow us!
Connect us!
Watch us!

१५२ प्रतिशतले बढ्यो कालिञ्चोक दर्शनको नाफा, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

बुधबार, २१ माघ २०८२, ०८ : २७ मा प्रकाशित

१५२ प्रतिशतले बढ्यो कालिञ्चोक दर्शनको नाफा, प्रतिसेयर आम्दानी कति ?

कालिञ्चोक दर्शन लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा १५२.६८ प्रतिशतले नाफा बढेको हो । 

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १ करोड १९ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४७ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । आम्दानी बढेसँगै कम्पनीको खुद नाफा पनि बढ्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको आम्दानी ३ करोड ८ लाख रुपैयाँबाट बढेर ३ करोड ५४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन आम्दानी २ करोड ९० लाख रुपैयाँबाट बढेर ३ करोड ४१ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा १ करोड २ लाख रूपैयाँबाट बढेर १ करोड ४९ लाख रूपैयाँ पुगेको छ ।

६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ करोड ३९ लाख रुपैयाँ सञ्चित छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ९७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ ३६ पैसा रहेको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको