Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा क्यापिटललाई गरिमा सुवर्ण योजनाको इकाई बिक्री गर्न अनुमति

अर्थ संसार

बुधबार, २१ माघ २०८२, १७ : ४९ मा प्रकाशित

गरिमा क्यापिटललाई गरिमा सुवर्ण योजनाको इकाई बिक्री गर्न अनुमति

नेपाल धितोपत्र बोर्डले गरिमा सुवर्ण योजनालाई इकाई बिक्री गर्न अनुमति दिएको छ । बोर्डले १० रुपैयाँ अंकित दरले १० करोड इकाई बिक्री गर्न अनुमति दिएको हो । यसको योजना व्यवस्थापक तथा बिक्री प्रबन्धक गरिमा क्यापिटल रहेको छ । यो म्युचुअल फण्ड खुलामुखी योजना अन्तर्गत पर्छ ।

गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्घक (Fund Sponsor) तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक (Fund Manager) रहेको सामूहिक लगानी कोष गरिमा म्युचूअल फण्ड (Garima Mutual Fund) अन्तर्गत विकास बैंक बाट प्रवर्धित पहिलो खुलामुखी योजना (First Open-Ended Scheme) को रुपमा रु एक अर्ब बराबरको “गरिमा सुवर्ण योजना” सार्वजनिक रुपमा निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट २०८२ साल माघ महिना २१ गते स्वीकृती प्राप्त गरेकाे हाे । 

गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरु ग्राहक समक्ष पुर्‍याउनका लागि गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट समेत सहजिकरण हुँदै आएको छ । यस संस्थाले आफ्ना सेवाहरु अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नविनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्दछ ।

6983363f9b9e6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको