Like us!
Follow us!
Connect us!
Watch us!

आशा लघुवित्तको नाफामा उछाल, अन्य वित्तीय सूचक कस्ता ?

अर्थ संसार

विहीबार, २२ माघ २०८२, १० : ३७ मा प्रकाशित

आशा लघुवित्तको नाफामा उछाल, अन्य वित्तीय सूचक कस्ता ?

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको तुलनामा ४३१ प्रतिशतले नाफा बढेको हो । 

कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १२ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको भन्दा ४३१.५५ प्रतिशतले धेरै हो । गत आवको पुस मसान्तसम्म कम्पनीले २ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको आम्दानीमा उल्लेख्य वृद्धि आएको कारण नाफा बढ्न टेवा पुगेको वित्तीय विवरणले देखाएको छ । गत आवको पुस मसान्तसम्म कम्पनीले ३४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा त्यसको तुलनामा झण्डै १४ प्रतिशतको वृद्धि सहित ३८ करोड ७४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी पनि ४० करोड ८५ लाख रुपैयाँबाट १६ प्रतिशतभन्दा बढीले वृद्धि भई करीब ४७ करोड ४४ लाख रुपैयाँ पुगेको छ । यसरी आम्दानीमा वृद्धि आएपछि कम्पनीको सञ्चालन नाफा पनि ३ करोड ३६ लाख रुपैयाँबाट ह्वात्तै बढेर १७ करोड ९१ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी सोही अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ६.४५ रुपैयाँबाट बढेर ३१.२९ रुपैयाँ कायम भएको छ । निष्क्रिय कर्जा पनि ४.९२ प्रतिशतबाट वृद्धि भई १०.१५ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५८.०८ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३७.२३ गुणा रहेको छ ।

चुक्ता पुँजी ८० करोड २६ लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा १२ करोड १७ लाख रुपैयाँ र रिजर्भ कोषमा ३४ करोड ४४ लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल सम्पत्ति ११ अर्ब ७४ करोड २७ लाख रुपैयाँभन्दा माथि रहेको छ। कम्पनीले झण्डै १० अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरी ३ अर्ब ५५ करोड ६४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको