बुद्ध भूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्काशनको अनुमति पाएसँगै बूक क्लोजको मिति तय गरेको छ । नेपाल धितोपत्र बोर्डले माघ २१ गते कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँका दरले १ बराबर १ को अनुपातमा कुल ४० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नका लागि अनुमति दिएको थियो ।
अनुमति पाए लगत्तै कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो फागुन १ गते सेयरधनी दर्ता पुस्तिका बन्द (बूक क्लोज) गर्ने निर्णय गरेको हो । तसर्थ माघ २९ गतेसम्म नेप्सेमा कायम सेयरधनीले मात्रै यस कम्पनीको हकप्रद सेयर खरीद गर्न पाउनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस