Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश वितरणकाे जानकारी दिदा सेयरधनीलाई लाभांश दर सहितका विवरण इमेल वा एसएमएस मार्फत जानकारी दिन नेप्सेको निर्देशन

अर्थ संसार

शुक्रबार, २३ माघ २०८२, १४ : ०५ मा प्रकाशित

लाभांश वितरणकाे जानकारी दिदा सेयरधनीलाई  लाभांश दर सहितका विवरण इमेल वा एसएमएस मार्फत जानकारी दिन नेप्सेको निर्देशन

नेपाल स्टक एक्सचेन्ज नेप्सेले लाभ वितरण गर्दा प्रष्ट जानकारी प्रदान गर्न सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई निर्देशन दिएको छ। धितोपत्र निष्कासन गर्ने निकायहरुले आफ्ना धितोपत्रधनीहरुलाई प्रदान गर्ने लाभ (लाभांश, ब्याज लगायत) वितरण सम्बन्धी जानकारी इमेल, एसएमएस लगायत माध्यमबाट प्रदान गर्न नेप्सेले निर्देशन दिएको हो ।

यसरी जानकारी दिँदा  म्यूचुअल फण्डको एकाई तथा साधारण सेयर भए स्टक सिम्बोल, आर्थिक वर्ष, र लाभांश दर प्रतिशत समेत उल्लेख गर्नु पर्ने छ । त्यस्तै ऋणपत्र वा डिवेञ्चर भए स्टक सिम्बोल, आर्थिक वर्ष र ब्याज दर प्रतिशत उल्लेख गर्नु पर्ने छ । नेप्सेले सबै सूचीकृत कम्पनी र सेयर रजिष्ट्रारहरुलाई आज शुक्रबार यस समबन्धि निर्देशन दिएको हो ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको