Like us!
Follow us!
Connect us!
Watch us!

कोटेश्वरको भाटभटेनी आजदेखि खुल्ने

अर्थ संसार

शनिबार, २४ माघ २०८२, ०८ : ४४ मा प्रकाशित

कोटेश्वरको भाटभटेनी आजदेखि खुल्ने

क्षति भएको पाँच महिनापछि कोटेश्वरको भाटभटेनी आजदेखि खुल्दै छ । भदौ २४ गते आगजनी भएको कोटेश्वरस्थित भाटभटेनी शनिबारबाट खुल्न लागेको हो ।

भाटभटेनीले एक विज्ञप्तिमार्फत् भनेको छ– “आगजनीबाट क्षतिग्रस्त भएका आफ्ना स्टोरहरुमध्ये पहिलो चरणमा कोटेश्वर सुपरस्टोर पुनः सञ्चालनमा ल्याउको घोषणा गर्न पाउँदा खुसी लागेको छ ।” भाटभटेनीले जारी गरेको विज्ञप्तिमा कठिन घडीमा साथ, सहयोग र धैर्यताका लागि सबै ग्राहकवर्ग, स्थानीय समुदाय, सुरक्षा निकाय तथा सरोकारवाला सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

“यो पुनःसञ्चालनले भाटभटेनीको पुनर्निर्माण, सेवाप्रति प्रतिबद्धता र समुदायप्रतिको उत्तरदायित्वलाई स्पष्टरुपमा प्रतिबिम्बित गर्दछ,” विज्ञप्तिमा उल्लेख छ । देशभर भाटभटेनी सुपरस्टोरका २० वटा स्टोरमा क्षति भएको थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको