साताको सेयर कारोबार हुने पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेर कारोबार भएको छ । आज नेप्से परिसूचक १०.२५ अंकले घटेर २६९८.४४ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा १६८ कम्पनीको सेयर मूल्य घटेको छ भने ८६ कम्पनीको मात्रै बढेको छ । त्यस्तै ७ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ०.८५ अंकले घटेर ४५९.६३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य घटेको छ भने २ वटा बढेको छ ।
परिसूचक घटेको दिन सेयर बजारमा साढे ११ अर्ब माथिको कारोबार भएको छ । आज ३३० कम्पनीका २ करोड ६२ लाख ३६ हजार २०४ कित्ता सेयर १ लाख ११ ९७८ पटक खरिद बिक्री हुँदा ११ अर्ब ६५ करोड ९७ लाख ५२ हजार १४३ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस