सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साढे २ लाख कित्ता भन्दा बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले हाल विद्यमान सेयरधनीहरुले मात्रै किन्न पाउने गरि सेयरधनी भि.जे इन्भेष्टमेन्ट कम्पनी प्रा.लि को नाममा रहेको २ लाख ६५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
कम्पनीले उक्त सेयर प्रतिकित्ता न्यूनतम २०० रुपैयाँमा बिक्रीमा राखेको हो । सेयर किन्न चाहने संस्थापक सेयरधनीले अबको ३५ दिनभित्र काठमाडौंको थापाथलीस्थित एनआईसी एशिया क्यापिटल लिमिटेड सेयर रजिष्ट्रार) को कार्यालयमा आफूले किन्न चाहेको सेयर संख्या र मूल्य समेत खुलाई गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ ।
तोकिएको समयावधिभित्र कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूबाट शेयर खरीदका लागि बोलपत्र पेश हुन नआएमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस