Like us!
Follow us!
Connect us!
Watch us!

कहिले बाँडफाँट हुन्छ भुजुङ्ग हाइड्रोपावरको आईपीओ ?

अर्थ संसार

सोमबार, २६ माघ २०८२, ११ : ५५ मा प्रकाशित

कहिले बाँडफाँट हुन्छ भुजुङ्ग हाइड्रोपावरको आईपीओ ?

भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ भोलि अर्थात् माघ २८ गते बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलले आईपीओ बाँडफाँड मंगलबार बिहान ९ बजे गर्ने तयारी भइरहेको हो ।

कम्पनीले माघ १२ गतेदेखि माघ १५ गतेसम्म सर्वसाधारणलाई निष्कासन गरेको आईपीओमा २६ लाख ६५ हजार १ सय ७४ जनाले ३ करोड ७ लाख ८४ हजार ८२० कित्ताको लागि आवेदन दिएका छन् । यो माग गरिएको भन्दा ३७.०९ प्रतिशत बढी हो । कम्पनीले सर्वसाधारणका लागि ८ लाख ३० हजार कित्ता आईपीओ जारी गरेको हो । कम्पनीको आईपीओ ८३ हजारले मात्रै १०।१० कित्ताका दरले पाउनेछन् । जसमा साढे २४ लाखभन्दा बढीको हात रित्तो हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको