होटल फरेस्ट इन लिमिटेडको आईपीओमा माग भन्दा झन्डै ८ गुणा बढी आवेदन परेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका ३३ लाख २० हजार कित्ता सेयरको लागि आवेदन माग गरे पनि अन्तिम दिनसम्ममा २३ लाख ३० हजार ८६ आवेदनकर्ताबाट २ करोड ६३ लाख ६० हजार ५ सय कित्ता सेयरको लागि आवेदन परेको हो ।
अन्तिम दिनसम्ममा सो आवेदनमार्फत २ अर्ब ६३ करोड ६० लाख ५० हजार रुपैयाँ जम्मा भएको छ । कम्पनीको सेयर निष्काशक तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ । धितोपत्र बोर्डको हरेक लगानीकर्ताले १० कित्ता सेयर पाउने नीति अनुसार ३ लाख ३२ हजार लगानीकर्ताले सेयर पाउने छन् भने १९ लाख ९८ हजार ८६ जनाको हात खाली रहनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस