Like us!
Follow us!
Connect us!
Watch us!

अप्पर रिचेत हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

अर्थ संसार

मंगलबार, २७ माघ २०८२, १६ : २८ मा प्रकाशित

अप्पर रिचेत हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

दुई मेगावाट विद्युत् उत्पादन क्षमता भएको अप्पर रिचेत हाइड्रोपावर प्रालिले आईपीओ निष्काशन गर्ने भएको छ। यसका लागि कम्पनीले आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक तोकेको हो।  

अप्पर रिचेत हाइड्रोपावर प्रालि र आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडबीच निष्कासन तथा बिक्री प्रबन्धकसम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौतामा अप्पर रिचेत हाइड्रोपावरका तर्फबाट कार्यकारी अध्यक्ष आनन्द प्रधान र आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।

कम्पनीले हाल कायम रहेको ४० करोड रुपैयाँ चुक्ता पुँजीको २० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर आईपीओमार्फत सर्वसाधारणमा निष्कासन गर्ने जनाएको छ। आईपीओ निष्कासनको तयारीस्वरूप कम्पनीले निकट भविष्यमै आफूलाई पब्लिक कम्पनीमा रूपान्तरण गर्ने तथा क्रेडिट रेटिङसम्बन्धी प्रक्रिया पनि अघि बढाएको जानकारी दिएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको