Like us!
Follow us!
Connect us!
Watch us!

बुझेर लगानी गर्दा सेयर बजारबाट राम्रो कमाइ गर्न सकिन्छ - मन्छिन्द्र बस्नेत

अर्थ संसार

बुधबार, २८ माघ २०८२, १६ : ३८ मा प्रकाशित

बुझेर लगानी गर्दा सेयर बजारबाट राम्रो कमाइ गर्न सकिन्छ - मन्छिन्द्र बस्नेत

नेपाल सेयर बजार लगानीकर्ता संघका कोषाध्यक्ष मछिन्द्र बस्नेतले बुझेर लगानी गर्दा सेयर बजारबाट कमाइ गर्न सकिने बताएका छन् । अर्थसंसारसँगको कुराकानीमा बस्नेतले सबै कुरा बुझेर लगानी गर्दा लाभ लिन सकिने बताएका हुन् । 

सेयर बजार सुन्दर क्षेत्र भएकाले यसमा नबुझेर आउँदा नोक्सानी हुने उनको भनाइ छ । सेयर बजारमा प्रवेश गर्नु पहिले सेयर शिक्षा लिन आवश्यक रहेको उनले बताए । हल्लाको भरमा भन्दा बुझेर पुँजी बजारमा लगानी गर्नु पर्ने उनी बताउँछन् । 

मार्जिन कारोबारका लागि नयाँ निर्देशिका आएको अवस्थामा यसले बजारलाई सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ । ‘मार्जिन कारोबार निर्देशिकाले रातारात असर गर्दैन । विस्तारै यसको प्रभाव बजारमा देखिन्छ,’ उनले भने । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको