भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको आईसीसी टी– २० विश्वकपमा नेपालले आफ्नो दोस्रो खेलमा आज इटालीसँग खेल्दैछ । खेल मुम्बईको वाङ्खडे स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा तीन बजे सुरु हुनेछ ।
नेपाल आज इटालीविरुद्ध जित निकाल्दै सुपर ८ पुग्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ । नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग चार रनको झिनो अन्तरले पराजित भएको थियो भने इटाली स्कटल्यान्डसँग पराजित भएको थियो । तेस्रोपटक विश्वकप खेलिरहेको नेपाली टोली यस अघिका दुई विश्वकपमा समूह चरणबाट बाहिरिएको थियो । सुपर ८ मा पुग्न हरेक टोलीले समूह चरणका चारमध्ये कम्तीमा दुई खेल जित्नुपर्ने हुनाले आजको खेल दुवै टोलीको लागि महत्वपूर्ण रहेको छ ।
हेड टु हेड हेर्ने हो भने नेपाल र इटली हालसम्म टी–२० आईमा खेलेका छैनन् । यस अघि नेपालले सन् २०१३ को आईसीसी डिभिजन ३ मा इटलीसँग एकदिवसीय खेल खेलेको थियो । तर टी–२० नेपाल र इटली पहिलो पटक भिड्न लागेका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस