Like us!
Follow us!
Connect us!
Watch us!

साताको अन्तिम दिन बढेर बन्द भयो नेप्से, ११ अर्ब माथिको कारोबार

अर्थ संसार

विहीबार, २९ माघ २०८२, १५ : ०६ मा प्रकाशित

साताको अन्तिम दिन बढेर बन्द भयो नेप्से, ११ अर्ब माथिको कारोबार

साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ८.९७ अंकले बढेर २६७१.०७ विन्दुमा पुगेको हो । 

आज सेयर बजारमा १३९ कम्पनीको सेयर मूल्य बढेको छ भने ११५ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज सेन्सेटिभ इन्डेक्स पनि १.५१ अंकले बढेर ४५६.७२ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य बढेको छ भने ५ वटको घटेको छ । 

परिसूचक बढेको दिन आज सेयर बजारमा ११ अर्ब माथिको कारोबार भएको छ । सेयर बजारमा आज ३३७ कम्पनीका २ करोड ७७ लाख ८० हजार ५८४ कित्ता सेयर १ लाख ६ हजार १८ पटक खरिद बिक्री हुँदा ११ अर्ब १० करोड २५ लाख ५० हजार ९६६ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको