Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ सूचीकृत

अर्थ संसार

शुक्रबार, ०१ फागुन २०८२, १५ : ५२ मा प्रकाशित

नेप्सेमा रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ सूचीकृत भएको छ । लामो समयपछि कम्पनीको आईपीओ शुक्रबार सूचीकृत भएको हो । 

कम्पनीले सर्वसाधारणमा निष्कासन गरेको १९ लाख २६ हजार ६०० कित्ता र संस्थाप सेयरधनीहरुले लगानी गरेको १ करोड ७० लाख ७३ हजार ४०० कित्ता गरी १ करोड ९० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको सेयर आगामी फागुन ४ गते देखि दोस्रो बाजारमा कारोबारका लागि खुल्नेछ । यस अघि कम्पनीको नेटवर्थको तीन गुणासम्म ओपनिङ रेन्ज दिने गरेकोमा अहिले त्यसलाई परिमार्जन गर्दै फेस भ्यालुको तीन गुणा मात्रै ओपनिङ रेन्ज तोकेको छ । कम्पनीको ओपनिङ रेञ्ज न्यूनतम १०० देखि अधिकतम ३०० सम्म हुनेछ ।

 

698ef8c1ddbdf.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको