Like us!
Follow us!
Connect us!
Watch us!

स्पेशल प्रि ओपन सेसनमा कतिमा कारोबार भयो रिलायन्स स्पिनिङ्ग मिल्स र सालपा विकास बैंकको सेयर ?

अर्थ संसार

सोमबार, ०४ फागुन २०८२, ११ : ०३ मा प्रकाशित

स्पेशल प्रि ओपन सेसनमा कतिमा कारोबार भयो रिलायन्स स्पिनिङ्ग मिल्स र सालपा विकास बैंकको सेयर ?

सोमबारको स्पेशल प्रि ओपन सेसनमा रिलायन्स स्पिनिङ्ग मिल्स र सालपा विकास बैंक लिमिटेडको पहिलो कारोबार भएको छ । यस दिन दुबै कम्पनीको सेयर प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार भएको हो । 

यी दुबै कम्पनीको सेयर गत फागुन १ गते नेप्सेमा सूचीकृत भएको थियो । रिलायन्स स्पिनिङ्ग मिल्सको कुल १ करोड ९० लाख कित्ता साधारण सेयर सूचीकृत भएको थियो भने सालपा विकास बैंकको १०० रुपैयाँ अंकित मूल्य कायम भएको कुल ५२ लाख २३ हजार ८८० कित्ता साधारण शेयर सूचीकृत भएको थियो ।

नेप्सेले यस अघि सूचीकरणको क्रममा दिने ओपनिङ रेन्ज सम्बन्धी व्यवस्था परिवर्तन गर्दै फेस भ्यालुको तीन गुणा मात्रै ओपनिङ रेन्ज तोकेको थियो । सोही रेञ्ज अनुसार यस दिन यी दुई कम्पनीहरुको पहिलो कारोबार भएको हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको