Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारको ओरालो यात्रा : परिसूचकसँगै कारोबार रकममा पनि गिरावट

अर्थ संसार

सोमबार, ०४ फागुन २०८२, १५ : ०६ मा प्रकाशित

सेयर बजारको ओरालो यात्रा : परिसूचकसँगै कारोबार रकममा पनि गिरावट

सोमबार सेयर बजार परिसूचक एकल अंकले घटेर बन्द भएको छ । यो साताको पहिलो कारोबार दिन आज परिसूचक ८.१६ अंकले घटेर २६६२.९१ विन्दुमा पुगेको हो ।

आज सेयर बजारमा १६३ कम्पनीको सेयर मूल्य घटेको छ भने ८६ कम्पनीको मात्रै बढेको छ । आज ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि १.०६ अंकले घटेर ४५५.६६ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ९ वटाको सेयर मूल्य घटेको छ भने ४ उपसूचकको सेयर मूल्य मात्रै बढेको छ । 

परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । आज ३३५ कम्पनीका १ करोड ९६ लाख १६ हजार ३९५ कित्ता सेयर ८० हजार ५५९ पटक खरिद बिक्री हुँदा ७ अर्ब ९४ करोड २७ लाख ६० हजार २२० रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ३ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको