Like us!
Follow us!
Connect us!
Watch us!

माया खोला हाईड्रोपावर र सिटिजन्स क्यापिटलबीच हकप्रद सेयर निष्काशन सम्झौता

अर्थ संसार

सोमबार, ०४ फागुन २०८२, १७ : ०५ मा प्रकाशित

माया खोला हाईड्रोपावर र सिटिजन्स क्यापिटलबीच हकप्रद सेयर निष्काशन सम्झौता

माया खोला हाईड्रोपावर लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेड बीच माया खोला हाईड्रोपावरको हकप्रद सेयर निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष  दिनेश प्रसाद श्रेष्ठ तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  सबिर बादे श्रेष्ठले हस्ताक्षर गरका छन् ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले माया खोला हाईड्रोपावर लिमिटेडको १,००,००,००० (अक्षरेपी एक करोड मात्र कित्ता हकप्रद सेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डको अनुमती लिन गर्नु पर्ने कार्यहरु तथा अनुमति पश्चातको बिक्री प्रबन्धकको कार्यहरु गर्नेछ ।

यस कम्पनीको स्थापना २०६७ सालमा प्रा. लि को रुपमा भई २०७३ सालमा लिमिटेडमा रुपान्तर भएको हो । यस कम्पनीले संखुवासभा जिल्लामा १४.९ मे. वा. क्षमताको माया खोला हाईड्रोपावर आयोजनको निर्माण गरि मिति २०८० असार देखि विद्युत उत्पादन गरि नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्दै आईरहेको छ । यस कम्पनीले सर्वसाधारणहरुलाई २०७९ माघमा प्राथमिक शेयर जारी गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको