Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

अर्थ संसार

मंगलबार, ०५ फागुन २०८२, १५ : ४९ मा प्रकाशित

नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शिवम् सिमेन्ट्स, कृषि विकास बैंक र आशा लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीहरुले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको बोनस सूचीकृत गरिएको हो ।

जसमध्ये, शिवम् सिमेन्ट्सको १३ लाख ६४ हजार २०२.१२५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई २.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । त्यस्तै, आशा लघुवित्तको ६ लाख ९६ हजार ३९३.९७ कित्ता बोनस सेयर सूचीकृत भएको छ । संस्थाले सेयरधनीलाई गत वर्षको नाफाबाट ९.५ प्रतिशत बोनस वितरण गरेको थियो ।

यता, कृषि विकास बैंकको ४५ लाख २ हजार ९४७.८९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको ३.२५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको