Like us!
Follow us!
Connect us!
Watch us!

सिम्रिक एयरको साधारणसभा फागुन २८ गते, के-के छन् एजेण्डा ?

अर्थ संसार

विहीबार, ०७ फागुन २०८२, ०८ : ५५ मा प्रकाशित

सिम्रिक एयरको साधारणसभा फागुन २८ गते, के-के छन् एजेण्डा ?

सिम्रिक एयर लिमिटेडले वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको फागनु ५ गते बसेको सञ्चालक समितिको बैठकले यहि फागुन २८ गतेका लागि साधारणसभा आह्वान गरेको हो । 

उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा साँझ ५ बजे सुरु हुने छ । सभाले आव २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने छ । त्यस्तै आव २०८१/८१ को वार्षिक आर्थिक विवरण सहितको लखापरीक्षण प्रतिवेदन, सेयरधनीहरुलाई नगदा लाभांश वितरण गर्ने सम्बन्धी प्रस्ताव र सञ्चालक समितिद्वारा आव २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने छ । 

त्यस्तै कम्पनीको नियमावली संशोधन गर्ने र कम्पनीलाई धितोपत्र बोर्डमा दर्ता गर्ने तथा धितोपत्र सार्वजनिक निष्कासन जारी गर्ने सम्बन्धी प्रस्ताव समेत पारित गर्ने छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको