Like us!
Follow us!
Connect us!
Watch us!

चुनाव स्थगित गराउने प्रयास हुँदैछन्, अब तोकिएकै समयमा हुनपर्छ - ओली

अर्थ संसार

आइतबार, १० फागुन २०८२, १३ : ३२ मा प्रकाशित

चुनाव स्थगित गराउने प्रयास हुँदैछन्, अब तोकिएकै समयमा हुनपर्छ  - ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यले निर्वाचनका लागि अर्बौं रुपैयाँ खर्च गरिसकेको उल्लेख गर्दै अब तोकिएकै समयमा चुनाव हुनुपर्ने बताएका छन्। चुनाव स्थगित गर्न विभिन्न कोणबाट प्रयास भइरहेको दाबी गर्दै उनले एमाले भने कुनै अन्योलमा नपरी जितको तयारीमा केन्द्रित भइसकेको स्पष्ट पारे। उनले निर्वाचन तयारीका क्रममा राज्य तथा उम्मेदवारहरूले ठूलो धनराशि खर्च गरिसकेको भन्दै अन्तिम समयमा आएर चुनाव नहुने चर्चा गर्नु उपयुक्त नभएको बताए। पछिल्लो छ महिनादेखि आफूहरूले यस विषयमा ध्यानाकर्षण गराउँदा चासो नदेखाइएको तर अहिले आएर प्रश्न उठाउनु गलत भएको उनको भनाइ थियो।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति संकेत गर्दै कुनै स्पष्ट आधार नभएको ‘जोडजामको पार्टी’ सानो भाँडोमा चर्को आगोमा राखिएको दूधझैँ उम्लिएको टिप्पणी पनि गरे।

ओलीले भने,‘हामी अब चुनाव होस् भन्ने पक्षमै छौं । चुनाव स्थगित हुन पनि सक्छ अहिले पनि । हुन्छ भनेर पनि धेरै प्रयास भइराखेका छन् । हुन्छ भने होस् जेसुकै होस्, तर हामी नअलमलिकन चुनावको तयारीमा लाग्छौं । चुनावको विजयको तयारीमा लाग्छौं । हामीले जित्नै पर्छ । जित्ने तयारीमा लाग्छौं । अब हामीले कुनै अलमल गर्नु हुँदैन । ६ महिना हामीले कोशिस गर्‍यौं । हामीले कोशिस गरिन्जेल कसैको घैंटोमा घाम लागेन । अब जब समय सिद्धियो त्यतिबेला अब चुनाव हुँदैन भनेर हुनु हुँदैन भनेर । देशको खर्च नहुनु पर्थ्यो अर्बौं खर्च त भइ नै सक्यो । उम्मेदवारको खर्च नहुनु पर्थ्यो भइ नै सक्यो । अर्को कुरा, सायद साह्रै उम्लिएको । सानो भाँडोमा दुध उमालेर राखेर तलबाट बेसरी चर्को आगो बाल्दिए जस्तै गरेर उम्लिएको कुनै आधार नभएको एउटा जोडजाम वाला पार्टी छ । साह्रै उम्लिएको थियो, जित्दैनौं भन्ने परेछ क्यारे अब अर्काका झण्डा जलाउने, निहुँ खोज्ने, वातावरण बिथोल्न खोज्ने, अपमान गर्ने, बेइज्जत गर्ने त्यस प्रकारका कामबाट उसले क्रियाकलापहरू शुरु गर्‍या छ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको