Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु इन्स्योरेन्सको ११ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

सोमबार, ११ फागुन २०८२, ११ : ११ मा प्रकाशित

प्रभु इन्स्योरेन्सको ११ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

प्रभु इन्स्योरेन्स लिमिटेडले ११ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि निवेदन दिएपछि कम्पनीले उक्त सेयर बिक्रीमा राखेको हो ।

कम्पनीको उक्त सेयरमा हाल कम्पनीकै विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् । उक्त सेयरमा ३५ दिन भित्र आवेदन दिनु पर्ने छ । उक्त समयावधिभित्र संस्थापक सेयरधनीले काठमाडौंको तिनकुनेस्थित केन्द्रीय कार्यालयमा सम्पर्क राखी सेयर खरीद गर्न निवेदन दिनु पर्नेछ ।

तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट निवेदन प्राप्त हुन नआएमा वा सबै सेयर बिक्री नभएमा बाँकी रहन गएको सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले स्पष्ट पारेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको