नेपाल बीमा प्राधिकरणको प्रवक्तामा निर्देशक पूजन ढुङ्गेल अधिकारी नियुक्त भएकी छन् । प्राधिकरणको अनुसन्धान महाशाखाको प्रमुखको जिम्मेवारी सम्हाल्दै आएकी निर्देशक ढुङ्गेललाई प्राधिकरणको यही फागुन ५ गतेको निर्णय अनुसार प्रवक्ताको जिम्मेवारी समेत तोकिएको हो ।
सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ मा व्यवस्था भए बमोजिम निर्देशक ढुङ्गेललाई प्राधिकरणको प्रवक्ताको जिम्मेवारी तोकिएको निर्देशक कुन्दन सापकोटाले जानकारी दिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस