सीडीएस एण्ड क्लियरिङ लिमिटेडले तयार पारेर नेपाल धितोपत्र बोर्डमा पठाएको डबल आइजीन सम्बन्धी निर्देशिका विगत ६ महिनादेखि बोर्डमै थन्किएको छ । बोर्डकै निर्देशनमा तयार पारेर पठाएको निर्देशिक अहिले पनि स्वीकृतिको प्रतिक्षामा रहेको हो ।
बोर्डले निर्देशिका स्वीकृत नगरेर आम लगानीकर्तालाई अन्याय गरेको सरोकावालाको आरोप छ । सोमबार यो निर्देशिका सम्बन्धमा जानकारी दिनका लागि आयोजना गरिएको कार्यक्रममा नियामक निकाय नेपाल धितोपत्र बोर्डका कुनै पनि प्रतिनिधि देखिएनन् । अर्थमन्त्रालका प्रतिनिधि पनि कार्यक्रममा देखिएनन् भने यो निर्देशिका रोक्नका लागि विभिन्न किसिमका दबाबहरु आइरहेको सीडीएससी एण्ड क्लियरिङका सीईओ प्रविण पन्दाकले जानकारी दिइन् ।
निकै मेहनत गरेर बानाएको निर्देशिका स्वीकृत हुन नसकेर समस्या भएको पन्दाकको भनाइ छ । ‘आजका लागि निर्धारण गरिएको कार्यक्रम समेत रोक्नका लागि निकै दबाब आएको थियो । यो रोक्नका लागि निकै चलखेल भइरहेको छ । यसले आम लगानीकर्ताको हित गर्छ,’ उनले भनिन् । पुँजी बजारमा देखिएका समस्याहरु समाधान र पारदर्शि बनाउन यो निर्देशिकाले ठूलो भूमिका खेल्ने उनको दाबी थियो ।
लगानीकर्ताहरुले भने यो दोहोरो आइजीन निकै सकारात्मक भएकाले लागू गर्नु पर्ने बताइरहेका छन् । कार्यक्रममा नियामक निकाय नआउँनुले नियामक कसैको छायाँमा रहेको पुष्टि भएको समेत आरोप लगाए । लगानीकर्ताको हितमा काम गर्नु पर्ने बोर्डनै लगानीकर्ताको अहितमा काम गर्न तल्लीन रहेको उनीहरुको भनाइ छ । पुँजी बजारलाई ध्वस्त बनाउने नियतिका साथ यो निर्देशिका रोकिएको लगानीकर्ताको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस