सुपरमाई हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज फागुन १२ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १३ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज फागुन १२ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्। कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत १.११ प्रतिशत नगद लाभांश गरि कुल २१.११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ। कम्पनीले फागुन १७ गते साधारणसभा बोलाएको छ। सभामा २० प्रतिशत बोनस पश्चात शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि पेश हुने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस