Like us!
Follow us!
Connect us!
Watch us!

सगरमाथा जलविद्युत कम्पनीको लकइन अवधि चैतमा सकिंदै

अर्थ संसार

मंगलबार, १२ फागुन २०८२, ०९ : ०१ मा प्रकाशित

सगरमाथा जलविद्युत कम्पनीको लकइन अवधि चैतमा सकिंदै

सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको ७२ लाख ९३ हजार ७८४ कित्ता सेयरको लकइन अवधि आउँदो चैत १६ गतेबाट सकिंदैछ । हाल कम्पनीको संस्थापक सेयरधनीतर्फको ५९ लाख ८३ हजार ३२० कित्ता, आयोजना प्रभावित स्थानीय बासिन्दातर्फको ११ लाख ७३ हजार २०० कित्ता र कम्पनीमा कार्यरत कर्मचारीतर्फको १ लाख ३७ हजार २६४ कित्ता सेयर लकइनमा रहेको छ ।

कम्पनीले आईपीओ निष्काशन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको मितिले सामुहिक लगानी कोषतर्फको शेयर ६ महीनासम्म र संस्थापक, आयोजना प्रभावित र कर्मचारीतर्फको सेयर ३ वर्षसम्म कारोबार गर्न नमिल्ने गरी लकइनमा राख्नु पर्ने प्रावधान छ । सोही प्रावधान बमोजिम कम्पनीको उक्त सेयर लकइनमा रहेका छन्। लकइन अवधि समाप्त भएसँगै चैत १७ गतेदेखि उक्त शेयर कारोबार गर्न सकिनेछ तर कम्पनीको सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूले भने कारोबार गर्न पाउने छैनन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको