Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, ४ अर्ब माथिको मात्रै कारोबार

अर्थ संसार

मंगलबार, १२ फागुन २०८२, १५ : ०६ मा प्रकाशित

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, ४ अर्ब माथिको मात्रै कारोबार

साताको सेयर कारोबार हुने तेस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । अघिल्लो दिन सामान्य बढेको बजार आज २१.६२ अंकले बढेर २६३८.६० विन्दुमा पुगेको हो । 

आज सेयर बजारमा २१३ कम्पनीको सेयर मूल्य बढेको छ भने ४२ कम्पनीको घटेको छ । आज ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आज सेन्सेटिभ इन्डेक्स पनि २.३१ अंकले बढेर ४५३.३७ विन्दुमा पुगेको छ । आज सबै १३ वटै उपसूचकको सेयर मूल्य बढेको छ । 

परिसूचक बढेको दिन कारोबार भने ४ अर्बमा सिमित भएको छ । आज सेयर बजारमा ३२८ कम्पनीका ९३ लाख ६४ हजार ९३८ कित्ता सेयर ४९ हजार ९३ पटक खरिद बिक्री हुँदा ४ अर्ब २३ करोड २४ लाख ७ हजार ६१३ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको