Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा दोहोरो अंकको सुधार, ४ अर्ब ४५ करोड माथिको कारोबार

अर्थ संसार

बुधबार, १३ फागुन २०८२, १५ : ०८ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको सुधार, ४ अर्ब ४५ करोड माथिको कारोबार

साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । अघिल्लो दिन पनि बढेको बजार आज पनि १०.३० अंकले बढेर २६४८.९० विन्दुमा पुगेको हो । 

आज सेयर बजारमा १५७ कम्पनीको सेयर मूल्य बढेको छ भने ९० कम्पनीको घटेको छ । आज १३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आज सेन्सेटिभ इन्डेक्स पनि १.२० अंकले बढेर ४५४.५७ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये १० वटाको सेयर मूल्य बढेको छ भने ३ वटाको घटेको छ । 

परिसूचक बढेको दिन सेयर बजारमा ४ अर्ब ४५ करोड माथिको कारोबार भएको छ । आज ३३३ कम्पनीका १ करोड ४ लाख ५६ हजार ९८० कित्ता सेयर ४८ हजार ६४० पटक खरिद बिक्री हुँदा ४ अर्ब ४५ करोड ११ लाख ४९ हजार ८० रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको