नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुपरमाई हाइड्रोपावर लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
बुधबार नेप्सेले कम्पनीको २० प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको सेयरमूल्य ५९१ रुपैयाँ ६७ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको सेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात मंगलबार दोस्रो बजारमा कम्पनीको सेयर प्रतिकित्ता ७१० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस