Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार दोहोरो अंकले बढ्यो नेप्से, साढे ५ अर्ब माथिको कारोबार

अर्थ संसार

आइतबार, १७ फागुन २०८२, १४ : ५८ मा प्रकाशित

आइतबार दोहोरो अंकले बढ्यो नेप्से, साढे ५ अर्ब माथिको कारोबार

आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेर कारोबार बन्द भएको छ । आज नेप्से परिसूचक १९.२७ अंकले बढेर कारोबार भएको छ । 

आजको कारोबार बन्द हुँदा परिसूचक २६७४.७२० विन्दुमा पुगेको हो । आज सेयर बजारमा १८७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६४ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज ११ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ३.२२ अंकले बढेर ४५९.१७ विन्दु पुगेको छ । आज सेयर बजारमा १३ वटा उपसूचकमध्ये सबैको मूल्य बढेको छ । 

चुनाव अघिको अन्तिम कारोबार दिन सेयर बजारमा साढे ५ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३४१ कम्पनीका १ करोड ३१ लाख ९३ हजार ४६२ कित्ता सेयर ५५ हजार २०६ पटक खरिद बिक्री हुँदा ५ अर्ब ६४ करोड ८३ लाख १९ हजार ४१ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको