Like us!
Follow us!
Connect us!
Watch us!

श्री स्टील्सले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त

अर्थ संसार

आइतबार, १७ फागुन २०८२, १५ : ११ मा प्रकाशित

श्री स्टील्सले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त

श्री स्टील्स लिमिटेडले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम निकट भविष्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणमा प्राथमिक शेयरको निष्काशन गर्ने भएको छ ।

कम्पनीले उक्त शेयर निष्काशन कार्यका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । नेपालको एक प्रसिद्ध नाम श्री स्टील्स लिमिटेड एक पूर्ण स्वचालित प्लान्ट हो जसले त्ःत् रिबारहरुको निर्माणमा विशेषज्ञता हासिल गरेको छ । नेपाल जस्तो भौगोलिक जटिलता र भुकम्पीय जोखिम रहेको देशको संरचना निर्माणमा अत्याधिक बलिया संरचनाहरु निर्माणमा ध्यान दिनुपर्ने हुन्छ ।

श्री स्टील्स नेपालको पहिलो ब्राण्ड हो जोसंग त्ःत् रिबारहरुको उत्पादनको लागि सिक्स स्ट्यान्ड ब्लक मिलको अत्याधुनिक जापानी प्रबिधिमा आधारित उपकरण रहेको छ । विश्वमा उपलब्ध भएका सबैभन्दा उत्तम प्रविधि प्रयोग गरेर नेपालमा सम्भव भएसम्म उत्कृष्ठ उत्पादन गरी नेपालको औद्योगिक आधारलाई बलियो बनाउनु र इमान्दारी तथा निष्ठाका साथ देश निर्माणका लागि आवश्यक फलाम तथा रड जन्य पदार्थमा देशलाई आत्मनिर्भर बनाउँने र रोजगारी सृजना गर्ने यस कम्पनीको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

आज भएको सो सम्झौतामा श्री स्टील्स लिमिटेडको तर्फबाट कम्पनीका प्रबन्ध संचालक  राजेश कुमार अग्रवाल तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत  मनिष नारायण जोशीले हस्ताक्षर गरेका थिए । निष्काशन कम्पनीका प्रमुख कार्यकारी अधिकृत  सोमेश अग्रवालज्यूको रोहवरमा सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न गरियको कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको