Like us!
Follow us!
Connect us!
Watch us!

याम्बलिङ हाइड्रोपावर र सोपान फर्मास्युटिकल्सले पाए आईपीओ जारी गर्ने अनुमति

अर्थ संसार

आइतबार, १७ फागुन २०८२, १७ : ५३ मा प्रकाशित

याम्बलिङ हाइड्रोपावर र सोपान फर्मास्युटिकल्सले पाए आईपीओ जारी गर्ने अनुमति

नेपाल धितोपत्र बोर्डले आज दुई कम्पनीलाई आइपीओ निष्कासन गर्न अनुमति दिएको छ । धितोपत्र बोर्डले याम्बलिङ हाइड्रोपावर र सोपान फर्मास्युटिकल्सलाई आईपीओ जारी गर्न अनुमति दिएको हो । 

अब यी दुवै कम्पनीले आईपीओ बिक्रीको प्रक्रिया अगाडि बढाउनेछ । अब याम्बलिङ हाइड्रोपावरले २८ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २८ लाख कित्ता आईपीओ बिक्री गर्नेछ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

यसैगरी सोपान फर्मास्युटिकल्सले ४२ करोड ९० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नेछ । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४२ लाख ९० हजार कित्ता आईपीओ बिक्री खुला गर्नेछ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको