Like us!
Follow us!
Connect us!
Watch us!

चुनावका लागि करिब ८ लाख जनाले छाडे काठमाडौं

अर्थ संसार

बुधबार, २० फागुन २०८२, १५ : ०५ मा प्रकाशित

चुनावका लागि करिब ८ लाख जनाले छाडे काठमाडौं

भोलि (फागुन २१) हुने प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकाबाट करिब ८ लाख मानिस उपत्यका बाहिरिएका छन् ।

निर्वाचनको सुरक्षा र व्यवस्थापनलाई मध्यनजर गर्दै आज राति १२ बजेदेखि उपत्यकाभित्र मतदान सम्पन्न नहुन्जेलसम्म सार्वजनिक र निजी सवारी सञ्चालनमा पूर्ण रोक लगाइने भएको छ । निर्वाचन आयोगले तोकेको मापदण्डअनुसार अत्यावश्यक सेवामा प्रयोग हुने सवारी साधनहरूलाई मात्र आवागमनको अनुमति दिइनेछ । 

सरकारले पनि निर्वाचनको तयारी पूरा भइसकेको जनाएको छ । 

ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन र सम्भावित दुर्घटना न्यूनीकरण गर्न उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरी बाक्लो रूपमा परिचालन गरिएको छ । 

निर्वाचनको शान्ति सुरक्षा सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायबीच समन्वय भइरहेको तथा ट्राफिक अवस्था पूर्ण रूपमा व्यवस्थित रहेको जनाएको छ । सवारी आवागमनमा रोक लगाइएकाले सर्वसाधारणलाई निर्वाचन आयोगका नियमहरू पालना गर्न र अत्यावश्यक परेमा मात्र अनुमति प्राप्त सवारी साधन प्रयोग गर्न आग्रह गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको