Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय जीवन बीमा कम्पनीले बालायाे साधारणसभा, के-के छन् एजेण्डा ?

अर्थ संसार

आइतबार, ०१ चैत्र २०८२, १० : ५४ मा प्रकाशित

राष्ट्रिय जीवन बीमा कम्पनीले बालायाे साधारणसभा, के-के छन् एजेण्डा ?

राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको फागुन २९ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले दोस्रो वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभा यही चैत २७ गते शुक्रबार काठमाडौंको रामशाहपथस्थित कम्पनीको प्रधान कार्यालयमा दिउँसो ३ बजेदेखि शुरू हुनेछ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको साविक राष्ट्रिय बीमा संस्थानको आर्थिक वर्ष २०७४/०७५ र २०७५/०७६ सम्मको वासलात, नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू सहित अनुसूचीहरू छलफल गरी पारित गर्नेछ।

त्यसैगरी कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन तथा कुनै फेरबदलको लागि नेपाल सरकार वा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन प्राप्त भएको खण्डमा सोही बमोजिम आवश्यक संशोधन तथा फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि साधारणसभाले पारित गर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको