Like us!
Follow us!
Connect us!
Watch us!

स्पेशल प्रि ओपन सेसनमा कतिमा कारोबार भयो भयो सोलु हाइड्रोपावरको सेयर ?

अर्थ संसार

आइतबार, ०१ चैत्र २०८२, ११ : ०४ मा प्रकाशित

स्पेशल प्रि ओपन सेसनमा कतिमा कारोबार भयो भयो सोलु हाइड्रोपावरको सेयर ?

स्पेशल प्रि ओसन सेसनमा सोलु हाइड्रोपावरको सेयर पहिलो कारोबार भएको छ । यस दिन कम्पनीको सेयर प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार भएको हो ।

कम्पनीको सेयर गत फागुन २८ गते, बिहीबार नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीले सर्वसाधारणमा वितरण गरेको २ करोड कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको ८ करोड कित्ता शेयर गरी कुल १० करोड कित्ता नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो । सोही रेञ्जका आधारमा यस दिनको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो । अब कम्पनीको सेयर नियमित बजारमा कारोबार गर्न सकिनेछ । नेप्सेले कम्पनीलाई एसओएचएल स्टक टिकर प्रदान गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको