यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २६ हजार ९७४ कित्ता सेयर बिक्रीमा राखेको हो ।
कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य १७० रुपैयाँ राखेको छ । उक्त सेयर हाल यूनाइटेड अजोड इन्स्योरेन्सका विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न सक्नेछन् । सो सेयर किन्न चाहने सेयरधनीले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको सुन्धारास्थित सीटीसी मलमा रहेको कम्पनीको प्रधान कार्यालयमा आफूले किन्न चाहेको सेयर संख्या समेत खुलाएर निवेदन दिनु पर्नेछ ।
तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट सेयर किन्न निवेदन नपरेमा वा सबै सेयर बिक्री नभएमा बाँकी रहने सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस