Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रबार १२:३४ बजे लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ, बटुकले स्वस्तिवाचन गर्ने

अर्थ संसार

बुधबार, ११ चैत्र २०८२, १५ : २२ मा प्रकाशित

शुक्रबार १२:३४ बजे लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ, बटुकले स्वस्तिवाचन गर्ने

बालेन शाह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको तयारी अन्तिम चरणमा पुगेको छ । रास्वपाका वरिष्ठ नेता बालेनले चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम तय भएको छ । शुक्रबार मध्याह्न १२:३४ बजे शपथ ग्रहणको साइत निकालिएको छ।

शपथ ग्रहण समारोह विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न गरिनेछ । कार्यक्रममा ७ वटा शंखबाट शंखनाथ गरिनेछ । त्यस्तै, १०८ जना बटुकले स्वस्ति वाचन गर्ने र १६ जना भिक्षुबाट अष्टमंगल पाठ गर्ने कार्यक्रमसमेत तय गरिएको छ ।

प्रधानमन्त्रीको शपथपछि बालेनले दिउँसो २:१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

फागुन २१ मा सम्पन्न निर्वाचनमा रास्वपाले झन्डै दुई तिहाइ सिट जितेर स्पष्ट बहुमत हासिल गरेको छ । सोही आधारमा पार्टीले अब एकल सरकार गठन गर्दै नेतृत्व सम्हाल्ने तयारी गरिएको  जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको