Like us!
Follow us!
Connect us!
Watch us!

आयोगमा बालेनको बयान - जेनजीको र्‍यालीमा समर्थन थियो, आन्दोलनमा होइन

अर्थ संसार

बुधबार, ११ चैत्र २०८२, १६ : ३४ मा प्रकाशित

आयोगमा बालेनको बयान - जेनजीको र्‍यालीमा समर्थन थियो, आन्दोलनमा होइन

तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले जेनजी आन्दोलन जाँचबुझ आयोगसमक्ष दिएको बयानमा आफूले सिंहदरबार जलाइदिन्छु भन्ने शब्द प्रयोग नगरेको बताएका छन् ।  साथै उनले भदौ २३ र २४ गते आफू सरकारी निवास लैनचौरमा रहेको र २३ गतेको शान्तिपूर्ण र्‍यालीमा आफ्नो समर्थन भए पनि आन्दोलनमा नरहेको प्रस्ट्याएका छन् । 

उनले आन्दोलनमा जनधनको रक्षाका लागि सामाजिक सञ्जालबाट संयमता अपनाउन अपिल गरेको र घटनापश्चात् महानगर प्रहरी बल लगायत अन्य विभागहरूसँग समन्वय गरेर घाइते र मृतकहरूलाई सहयोग गरेको पनि जनाएका छन् ।उनले तत्कालीन सरकारले अपराध र आतङ्कवादी क्रियाकलाप गरेको भन्दै सम्पूर्ण क्षतिको जिम्मा तत्कालीन सरकार र सहभागी दलहरूले लिनुपर्ने बताएका छन् । 

जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख भएका विभिन्न विवरणहरू जनआस्थाले सार्वजनिक गरेको छ ।

बालेनले बयानमा भनेका छन्, ‘२३ गते स्थिति तनावपूर्ण हुँदै गएका बेला सञ्चारमाध्यमबाट थाहा पाएँ । व्यवसायी र रेष्टुरेन्टहरुले आग्रह गरेपछि महानगर प्रहरी बलले पानी वितरण गरेको हो । २४ गतेको घटना दुःखद थियो र २३ गतेको सरकारको अत्यधिक बल प्रयोग र आतङ्कवादी शैलीको नतिजा हुनसक्छ ।२४ गते कामनपाले समयमै दमकल पठाएको थियो ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको