राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले सांसदका रूपमा शासकीय सुधारमा इमानदार प्रयास गर्ने प्रतिबद्धता जनाएका छन्। बिहीबार सिंहदरबारमा सांसदको शपथ लिन पुगेका क्रममा पत्रकारसँगको संक्षिप्त कुराकानीमा उनले तनहुँका जनताको आकांक्षा र चाहनाअनुसार काम गर्ने बताए।
उनले भने,‘सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ । हाम्रो जुन वाचापत्र छ, त्यसैअनुसार काम गर्छौँ । तनहुँका दाजुभाइ दिदीबहिनीले बढीभन्दा बढी मतले मलाई जिताएर पठाउनुभएको छ, देशको सुशासन र समृद्धि, तनहुँका विकास निर्माण, त्यहाँका जनताको समृद्धिको आकांक्षा, त्यहाँको सुशासनप्रतिको उत्कट छ त्यसअनुसार काम गर्छु ।
‘अर्थमन्त्रीका रूपमा तपाईँलाई देख्न पाइन्छ कि पाइँदैन् ?’ भन्ने प्रश्नको भने उत्तर वाग्लेले दिएनन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस