Like us!
Follow us!
Connect us!
Watch us!

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम १३ अर्ब १६ करोड

अर्थ संसार

विहीबार, १२ चैत्र २०८२, १५ : ०८ मा प्रकाशित

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम १३ अर्ब १६ करोड

 बिहीबार सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १४.२१ अंकले बढेर २९५०.१६ को बिन्दुमा कायम भएको छ । आज विभिन्न सेक्टरका ३४३ वटा कम्पनीहरुको तीन करोड चार लाख ३८ हजार कित्ता सेयर खरिद–बिक्री हुदाँ १३ अर्ब १६ करोडको सेयर कारोबार भएको छ ।

सेयर बजारमा आज हाइड्रोपावर र बैंकिङ इन्डेक्समा हरियाली छाएको छ । बिहीबार विकास बैंक र लाइफ इन्स्योरेन्स इन्डेक्समा गिरावट आएको छ । 

आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ९४ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एसवाई प्यानलको ७१ करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको ४६ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्स, सुपर खुदी र होटल फरेष्टका लगानकिर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सोलु हाइड्रो र भुजुङ हाइड्रोका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै पञ्चकन्या माई हाइड्रोपावरका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको