Like us!
Follow us!
Connect us!
Watch us!

पुरानो लाभांश लिन सेयरधनीलाई नबिल बैंकको आग्रह

अर्थ संसार

आइतबार, १५ चैत्र २०८२, ११ : ५९ मा प्रकाशित

पुरानो लाभांश लिन सेयरधनीलाई नबिल बैंकको आग्रह

नबिल बैंक लिमिटेड (साविक युनाइटेड फाइनान्स लिमिटेड र साविक नेपाल बङ्गलादेश बैंक लिमिटेड समेत) को ५ वर्षभन्दा पुरानो लाभांश लिन सेयरधनीलाई आग्रह गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/०७७ मा सम्पन्न वार्षिक साधारणसभाबाट पारित भएको नगद लाभांश कतिपय सेयरधनीहरूले हालसम्म् पनि बुझिलिन बाँकी रहेकोले बुझिलिन आग्रह गरेको हो ।

आगामी १ महीनाभित्र पनि आफूले लिन बाँकी लाभांश लिन नआएमा कम्पनी ऐन, २०६३ को दफा १८३ बमोजिम स्थापना भएको लगानीकर्ता संरक्षण कोषमा दाखिला हुने बैंकले स्पष्ट पारेको छ । लाभांश लिनका लागि काठमाडौंको नारायणचौर नक्सालस्थित सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडमा यथाशीघ्र सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको