Like us!
Follow us!
Connect us!
Watch us!

छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

अर्थ संसार

सोमबार, १६ चैत्र २०८२, ०८ : २४ मा प्रकाशित

छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनी पवन कुमार शर्माको नाममा रहेको ८ हजार ९६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । 

कम्पनीले उक्त सेयर प्रतिकित्ता न्यूनतम ५०० रुपैयाँ कायम गरी बिक्रीमा राखेको हो । उक्त सेयर छिमेक लघुवित्तकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरीद गर्न सक्नेछन् । सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित आफूले किन्न चाहेको सेयर संख्या खुलाएर काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरूबाट निवेदन प्राप्त नभएमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्नका लागि प्रक्रिया अघि बढाइने कम्पनीले स्पष्ट पारेको छ ।


 

69c9e31a250aa.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको