नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनी सचिवमा हिमाल कोइराला नियुक्त भएका छन् । कम्पनीमा नायव प्रशासन प्रबन्धक पदमा कार्यरत रहेका उनी कानुन संकायमा स्नाकोत्तर उत्तिर्ण गरेका कर्मचारी हुन् ।
कम्पनीको प्रशासन प्रबन्धक शर्मीला श्रेष्ठ कम्पनी सचिवको रुपमा कार्यरत रहेकी थिइन् । उनले आफ्नो सो पदबाट राजिनामा दिएपछि रिक्त पदमा कोइरालालाई नियुक्त गरिएको छ ।
कम्पनी सञ्चालक समितिको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले अनुभवी तथा कानुन सम्बन्धि राम्रो ज्ञान भएका हिमाल कोइरालालाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस