Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारको ओरालो यात्रा जारी, आज पनि ४७ अंकको गिरावट

अर्थ संसार

सोमबार, १६ चैत्र २०८२, १५ : ०६ मा प्रकाशित

सेयर बजारको ओरालो यात्रा जारी, आज पनि ४७ अंकको गिरावट

सेयर बजारमा आज पनि उच्च अंकको गिरावट आएको छ । अघिल्लो दिन पनि उच्च अंकको गिरावट आएको बजारमा आज ४७.७१ अंकले घटेको हो । 

आजको कारोबार बन्द हुन्दा नेप्से परिसूचक १.६६ प्रतिशतले घटेर २८३१.३९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा २३७ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै २६ कम्पनीको सेयर मूल्य आज बढेको छ । त्यस्तै ५ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ७.९० अंकले घटेर ४८१.५८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा सबै १३ वटै उपसूचकको सेयर मूल्य घटेको छ । 

परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन १५ अर्ब माथिको कारोबार भएको बजारमा आज १२ अर्व ९६ करोड ६६ लाख ५९ हजार १६८ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ३४१ कम्पनीका ३ करोड १६ लाख ६ हजार ७१७ कित्ता सेयर १ लाख ५९ हजार ३२८ पटक खरिद बिक्री हुँदा उक्त रकमको कारोबार भएको हो । 

आज बजार घटे पनि ६ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको