Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारको दुई दिनको गिरावटमा ब्रेक, नेप्से परिसूचक १९ अंकले बढ्दा कारोबार घट्यो

अर्थ संसार

मंगलबार, १७ चैत्र २०८२, १४ : ५६ मा प्रकाशित

सेयर बजारको दुई दिनको गिरावटमा ब्रेक, नेप्से परिसूचक १९ अंकले बढ्दा कारोबार घट्यो

मंगलबार सेयर बजार दोहोरो अंकले बढेर कारोबार बन्द भएको छ । अघिल्ला दुई दिन लगातार रुपमा घटेको बजार आज भने १९.७० अंकले बढेर बन्द भएको हो । 

दिनभरको घटबढ पछि अन्तिममा १९.७० अंकले बढेर नेप्से परिसूचक २८५१.०९ विन्दुमा पुगेको हो । आज सेयर बजारमा १९५ कम्पनीको सेयर मूल्य बढेको छ भने ६३ कम्पनीको घटेको छ । त्यस्तै आज ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । 

आज सेन्सेटिभ इन्डेक्स पनि ३.२६ अंकले बढेर ४८४.८४ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ वटा उपसूचकमध्ये ११ वटाको सेयर मूल्य बढेको छ भने २ वटाको घटेको छ । आज परिसूचक बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिन १२ अर्ब ९६ करोड माथिको कारोबार भएको थियो भने आज ११ अर्ब माथिको मात्रै कारोबार भएको छ । 

आज ३३९ कम्पनीका २ करोड ७९ लाख ४२ हजार ७७९ कित्ता सेयर १ लाख ३७ हजार ८५७ पटक खरिद बिक्री हुँदा ११ अर्ब ११ करोड २४ लाख १८ हजार ८०६ रुपैयाँको कारोबार भएको छ । मंगलबार सेयर बजारमा ६ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको